धनुषा र महोत्तरीमा एक साता निषेधाज्ञा थपियो

जनकपुरधाम : कोरोना संक्रमण दरमा सुधार आएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै धनुषा र महोत्तरीमा एक/एक साता बढाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर कम भएको भन्दै दुवै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको हो ।
धनुषामा असार ७ गते राति १२ बजेदेखि लागू हुने गरी १४ गते राति १२ सम्मका लागि र महोत्तरी जिल्लामा असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ । कोभिड व्यवस्थापन समितिको बसेको बैठकको सिफारिसको आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम दुवै जिल्लामा निषेधाज्ञा बढाइएको हो ।
धनुषामा बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न इजाजत दिइएको छ कुरा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनाएको छ । उनले भने 'अन्य व्यवस्था पछिल्लो निषेधाज्ञा जस्तै रहेको तर अत्यावश्यक सामाग्रीसहितका व्यवसाय पसलका लागि ३ बजेसम्मका लागि खुकुलो बनाइएको हो ।
निषेधाज्ञामा निजी सवारी साधन सञ्चालनमा छुट दिइएको छ । मंगलबारदेखि जोरबिजोर प्रणालीमा मोटरसाइकल, सिटी रिक्सालगायतका तीन पांग्रे यातायात सञ्चालन हुने उनले बताए ।
त्यस्तै महोत्तरीमा पनि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म पसल उद्योग व्यवसाय सञ्चालन गर्न आदेश दिइएको छ । स्थानीय प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, दुध/डेरी, ग्याँस पसल, कृषिजन्य विक्री गर्ने पसल, हार्डवेयर पसल, पुस्तक पसल, कपडा पसल, सुनचाँदी, टेलिरिङ, भाँडा, भान्साजन्य, विद्युतिय सामाग्रीलगायतका अत्यावश्यक यस अवधिमा मात्र खोल्न पाइनेछ ।
महोत्तरीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे निजी सवारी साधनलाई चलाउन दिने निर्णय भएको हो । त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्यसामाग्री, औषधि, निर्माण सामाग्री, मल तथा वीउ बिजन बोकेको सवारी साधन, सरकारी नम्बर प्लेट भएको गाडी, झण्डाबाहक सवारी साधन, कुटनीतिक नियोगलगायतको सवारी साधनमा कुनै रोक लगाइएको छैन ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया