ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

मस्को (रुस)- युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताएका छन् ।
गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरेका छन् ।
यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ । यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ । दुई वटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन् ।
मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठुलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ । (एएफपी)

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया