नयाँ सरकारमा मन्त्री पठाउन छलफलमा जुट्यो कोइराला समूह

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले आफ्ना समूहका नेतासँग छलफल गरेका छन् ।
आइतबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा मन्त्री पठाउने बिषयमा छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा.मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागिता रहेको थियो । छलफलमा सहभागी नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।
यद्यपी नयाँ बन्ने सरकारमा कोइराला समूहबाट क-कसलाई पठाउने भनेर नाम सार्वजनिक गरिसकेको छैन । पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत नपाएपछि सरकार ढलेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया