देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्छ - मन्त्री श्रेष्ठ

काठमाडौँ - शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएका छिन् ।
आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ कार्यक्रममा मन्त्री श्रेष्ठले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुने बताइन् ।
उनले शिक्षा मन्त्रालयको महत्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्जवल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् । देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने पनि बताइन् ।
कार्यक्रममा शिक्षा सचिव दिपक काफ्लेले राजनीतिक नेतृत्वसँग नै राज्य सञ्चालन गर्ने दायित्व हुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रुपमा संसदप्रति उत्तरदायी हुने तथा सचिव नीतिगत व्यवस्थामा मन्त्रीप्रति उत्तरदायी हुने र प्रशासनिक कार्य सम्पादनमा मुख्यसचिव उत्तरदायी भएर काम गर्ने संवैधानिक प्रावधान अनुसार मन्त्री श्रेष्ठले कुशल र दक्षतापूर्ण प्रभावकारी काम गरेको चर्चा गरे ।
उनले मन्त्रालयका कर्मचारीले पनि आ—आफ्नो भूमिका अनुसार काम गर्न मन्त्री श्रेष्ठलाई सहयोग गरेको बताए ।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

प्रतिक्रिया