ग्वार्को फ्लाई ओभरको पूर्वमन्त्री चित्रकारले गरे निरीक्षण, छिटो सम्पन्न गर्न सुझाव

ललितपुर - बागमती प्रदेश सदस्य एवं पूर्वमन्त्री रामकृष्ण चित्रकारले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन्।
ललितपुर क्षेत्र नम्बर २ प्रदेशसभा 'ख' बाट निर्वाचित सांसद चित्रकारले निर्माणाधीन फ्लाई ओभरको निरीक्षण गर्दै सम्बन्धित निर्माण व्यवसायी र सरकारलाई पटकपटक खबरदारी गर्दै आएको बताए।
उनले भने- 'जनताको प्रतिनिधि भएपछि जनताप्रति उत्तरदायी हुनु मेरो कर्तव्य हो" 'जनतालाई प्रत्यक्ष असर पर्ने कुरामा चुप बस्न सकिँदैन' त्यसकारण म पटकपटक निर्माण स्थलमा उपस्थित भई गुणस्तरीय तरिकाले छिटो फ्लाइ ओभर सम्पन्न गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छु।'
निरीक्षणका क्रममा चित्रकारले दशैं अगावै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको समेत बताए।
स्थानीयवासी विष्णु बस्नेतले फ्लाई ओभर छिटो नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए। उनले एक पटकमा एक डेढ घण्टासम्म जाम हुँदा धुवा धुलोका कारण छाती, फोक्सोसम्बन्धी रोग लाग्ने जस्ता समस्या बढेको समेत सुनाए।
२०७८ साल फागुन १२ गतेबाट सुरु भएको चार लेनको फ्लाई ओभर निर्माणको जिम्मेवारी श्री आशिष-समानान्तर रेलिगेसन जेभीले पाएको थियो। १७ करोड ६ लाख ८८ हजारको लागतमा बन्न लागेको फ्लाई ओभरको लम्बाइ ४९० मिटरको रहनेछ। ग्वार्को चोकबाट बि एण्ड बी तर्फ १३५ मिटरको र्याम रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्याम रहनेछ।

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्व…

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

तीन दलको निष्कर्ष: राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्व…

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राख्छु : नवनियुक्त अध्यक्ष हुमा…

प्रतिक्रिया