काँग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँड, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं - नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंग्याएका छन् ।
स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ ।

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

प्रतिक्रिया