सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

एमालेले टुंग्यायो मन्त्रीको नाम : अर्थमा पौडेल, सञ्चारमा गुरूङ

काठमाडौँ-  नेकपा एमालेले मन्त्रीको टुंगो लगाएको छ ।

एमालेले भागबण्डामा पाएको सात मन्त्रालयमा मन्त्रीको टुंगो लगाएको हो ।

एमालेले उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चार मन्त्रीमा पृथ्वीसुब्बा गुरुङ, भौतिकमन्त्रीमा देवेन्द्र दाहाल, शिक्षा मन्त्रीमा  विद्या भट्टराई, रक्षा मन्त्रीमा मानवीर राई, उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था मन्त्रीमा बलराम अधिकारीको नाम टुंगो लगाएको छ ।