गंगालालमा भोलिदेखि १२ घण्टा अपरेसन हुने तीन युनिटमा कति चिकित्सक सहभागी हुँदैछन् ?

काठमाडौँ- बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ अस्पतालले भोलिदेखि (साउन १) १२ घण्टा अपरेसन सेवा दिने भएको छ । अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो ।
अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।
कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन अपरेसन गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको तर बिहान ९ बजे अपरेसन सुरु गर्दा एउटा अपरेसन थिएटरमा सरदर दुईटाभन्दा बढी अपरेसन गर्न नसकिने भएकाले दैनिक सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।
अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिनका साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन उनले अनुरोध गरेका छन् ।
युनिट १ः डा. रविभक्त टिमिला ( युनिट इन्चार्ज ), डा. सिदार्थ प्रधन, डा.निर्मल पन्थी, डा. विशाल सिंह र मारिशा अर्याल
युनिट २ः डा. रामेश कोइराला ( युनिट इन्चार्ज ),डा. आभास कार्की, डा.अपुर्व ठाकुर, अलका सिंह र धर्मेन्द्र जोशी
युनिट ३ः डा. नविन चन्द्र गौतम ( युनिट इन्चार्ज ), डा. विश्व पोखरेल, डा. निवेश राजभण्डारी, डा. ऋचा जोशी र डा. निशेष बस्नेत

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया