शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

जर्मनीका स्ट्राइकर थोमस मुलरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाशको घोषणा

काठमाडौँ- जर्मनीका स्ट्राइकर थोमस मुलरले यूरो २०२४ को निराशाजनक प्रदर्शनपछि अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा गरेका छन् । मुलरले १३१ राष्ट्रिय खेलमा ४५ गोल गर्दै ३५ वर्षको उमेरमा बिदा लिने निर्णय गरेका हुन् ।

मुलरले २०१४ को विश्वकप जित्ने जर्मन टोलीमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ब्राजिलमाथि ७-१ को ऐतिहासिक जीतमा पहिलो गोल गरेका थिए । उनले चार विश्वकप र चार युरोपियन च्याम्पियनसिप खेलिसकेका छन् ।

'मैले जर्मनीको राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेको १४ वर्ष पछि, मैले कहिल्यै सोचेको थिएन यो सब सम्भव हुनेछ,' मुलरले आफ्नो निर्णय घोषणा गर्ने आफ्नो अफिसियल एक्स अकाउन्टमार्फत भिडियो सन्देश दिएका हुन् ।

स्पेनसँग क्वार्टरफाइनलमा २-१ को हार पछि मुलरले अवकाशको संकेत दिएका थिए । उनले बायर्न म्युनिखका लागि खेल जारी राख्नेछन् ।