बाढीले बगायो सिन्धुपाल्चोकको बाह्रबिसे ३ र ५ जोड्ने बेलिब्रिज

सिन्धुपाल्चोक- आइतबार राति खाग्दल खोलामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे ३ र ५ जोड्ने बेलिब्रिज बगाएको छ ।
बाढीले पुल बगाउँदा अरनिको राजमार्ग ठप्प भएको छ । बाढीले केही घरहरूमा समेत क्षति गरेको स्थानीयहरूले जनाएका छन् । बाढीका कारण स्थानीय व्यवसायी रावण रोक्काको गोदाममा रहेको निर्माण सामग्री समेत पुरिएको छ । सो खोलामा केही वर्ष अगाडि पनि ठूलो बाढी आएर धेरै क्षति गरेको थियो । यसैबीच बाढीका कारण अवरुद्ध भएको सडक खण्डको प्रतिनिधिसभा सांसद मोहन बस्नेत, प्रदेश सांसद मसिना खड्का भण्डारी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू लगायतले संयुक्त स्थलगत अवलोकन गरेका थिए ।
सो क्रममा सांसद बस्नेतले एक साताभित्र अर्को बेलिब्रिजको व्यवस्था गरेर भए पनि आवतजावतलाई सुचारु गर्ने प्रतिबद्धता जनाए । उनले सबैको सहकार्यमा प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्ने गरी योजना बनाउन आवश्यक रहेको धारणा राखे ।
उक्त राजमार्ग ठप्प भएसँगै बाह्रबिसे नगरपालिकाले बाह्रबिसे वडा न.८ एक्लेबेसि हुँदै जम्बु निस्किने वैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाको लार्के खोलामा आएको बाढीका कारण वडा नं १ र २ जोड्ने चिण्डे झोलुङ्गे पुल, २ र ४ जोड्ने महाकाल झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YPJwUBPQG5_ufep4n5cdgmhiahrqyv8k102ioyyc2b4qidkpb2vwyl1kdxqtc9yqh00ygcr.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया