सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

‘क्लबहाउस’मा प्रहरीको फोटो दुरुपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौँ : पछिल्लो समय निकै चर्चित सामाजिक सञ्‍‍जाल ‘क्लबहाउस’ मा प्रहरीको फोटो दुरुपयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका-खरीबोट बस्‍ने २० वर्षीय इसान लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार क्लबहाउसमा प्रहरीको युनिफर्म सहितको फोटो दुरुपयोग गरी ‘वपन सोसल रुम’ बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

‘प्रहरी अधिकृतको नाम लगायतका विवरण समावेश गरी फेक आईटी बनाएर नेपाल प्रहरीका कर्मचारीहरूको छविमा नकारात्मक प्रभाव पार्ने काम भएको छ,’ उनले भने, ‘काठमाण्डौँ जिल्ला अदालतबाट सात दिनको म्याद थपि अनुसन्धान भइरहेको छ ।’