सिमलताल पहिरो : गणपति डिलक्सका चालक र सहचालकको शव फेला
अहिलेसम्म १७ वटा शव फेला, नौ शवको पहिचान

चितवन- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।
उनीहरू दुवैको शव घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंह रहेका थिए ।
अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।
पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म फेला परेका छैनन् ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए । न्युजकारखाना

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

छालालाई चम्किलो र नरम बनाउन एलोभेरामा मिसाउनुहोस् यी तीन चिज

वैशाख शुक्ल तृतीया : देशभर अक्षय तृतीया पर्व मनाइँदै

३० हजार घुस लिने सइ बिरूद्द बिशेष अदालतमा मुद्दा दर्ता

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

प्रतिक्रिया