वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिए, चार दिनपछि उद्धार

बेलबारी (मोरङ)- मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्मचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।
बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ,' उनले भने ।
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । रासस

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया