नेपाली दूतावासले बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू

काठमाडौँ- बंगलादेशस्थित नेपाली दूतावासले अध्ययन गर्न बंगलादेश पुगेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ ।
बुधबार दूतावासले सूचना गरी बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ ।
दूतावासले बंगलादेशमा भएको विकसित घट्नाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । नेपाली विद्यार्थीको शान्ति, सुरक्षा गर्न बंगलादेश सरकारका विभिन्न निकाय एवम सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क गरेर समन्वय गरिरहेको दूतावासले बताएको छ ।
सूचनामा भनिएको छ 'बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहुन् । अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन मान्न अनुरोध गरिएको छ ।'
कलेजले अन्य ठाउँमा जान अनुरोध गरेमा वा आफू बसेको ठाउँमा असुरक्षित भएको महसुस भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । योजना बम्जन, द्धितिय सचिवः + 8801880691013 / रिया क्षेत्री + 8801745407958 सम्पर्क गर्न अनुरोध गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया