नेपाली क्रिकेट विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको छ : पारस खड्का

काठमाडौँ- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको बताएका छन् ।
बुधबार काठमाडौँमा सीजी फुड्स नेपाल लिमिटेडद्वारा आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको भन्दै विश्वका जुनसुकै टिमलाई चुनौती दिनसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
नेपालले विश्वकपमा व्यहोरोको हार दु:खद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उनले बताए । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई निराशा हुन नदिन त्यही अनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने जिकिर गरे ।
त्यस्तै नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको जिकिर गरे । अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गरे ।
कार्यक्रममा वाइवाइले यसअघि गरेको घोषणा अनुसार क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CqkiCw9aOE_k7tb0aryrhxllifsd3ujo5svvzzexgmzynoklykafoh3lqghzobfvmlmafuf.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया