बागमती प्रदेशसभा कार्यपरामर्श समितिको बैठक साउन ५ गते

मकवानपुर- बागमती प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक यही साउन ५ गते बस्ने भएको छ ।
प्रदेशसभाको साउन ६ गतेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएकाले सो प्रक्रियाका विषयमा कार्यसूची तयार गर्न साउन ५ गते कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाको बैठक यही साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने भएकाले बैठकमा उपस्थित हुन प्रदेशसभा सदस्यहरूलाई सूचना प्रवाह गरिरहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए ।
प्रदेशसभाको गत असार १४ गते बसेको बैठकले दुई वटा अर्थसम्बन्धी विधेयक पारित गरी सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया