संसद् भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै

काठमाडौँ- निर्माणाधिन संसद् भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
साउन २ गते दिउँसो ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद् भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद् भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए ।
तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो । ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।
यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा
देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

तीन वटा संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया