ट्रम्प फेरि राष्ट्रपति बनेमा काम गर्न सहज हुँदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् ।
बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहेका छन् ।
अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।
जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए ।
हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

इजरायली हमलाबाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इर…

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अका…

अमेरिकी करप्रति युरोपेली संघको जवाफी कदम अस्थायी रूपमा स्थगित, सम्झौताको प्रय…

यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

प्रतिक्रिया