सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।
शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन् । पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पूरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् ।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तल माथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन: एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।
उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया