डा. शेखरले सुजातालाई देखाउँदै भनेः अब हामी एक ठाउँमा उभिएका छौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेस एक भएमा मात्र देश बचाउँन सकिने बताएका छन् । शुक्रबार उनको कार्यालय विशालनगरमा सुजाता कोइराला पुगेपछि पार्टी एक ढिक्का भएमा सबैलाई बचाउँन सकिने बताएका हुन् ।
उनले सानोबाबु गिरिजा प्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताए । कोइरालाले भने,’ पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्ने छ । एकता हामीले गर्यौ भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।‘
सरकारमा भए पनि भोलि के हुने त्यो थाहा नभएको उनले उल्लेख गरे । राजनीति स्थायित्व नभएको, सुशासन छैन र आर्थिक अवस्था मजबुत नभएको उनको भनाइ छ ।
सबैजना एकढिक्का भइ मिलेर जानुपर्ने उनले धारणा राखे । कोइरालाले नेपाली कांग्रेसको एक ढिक्का राख्नका लागि १५ औँ महाधिवेशनलाई ध्यान दिएर अगाडि बढ्न आग्रह गरे ।
सुजाता कोइरालाई देखाउँदै उनले भने,’ हामी एक ठाउँमा उभिएका छौ । पहिले पनि एक ठाउँमा थियौँ तलमाथि भइरहन्छ । चिन्ता गर्नुपर्ने आवश्यकता छैन । त्यो हाम्रो जिम्मेवारी हो । हामीले गर्नैपर्छ । नेशनलाई बचाउँछौ र नेशनलाई पहिले हेरौँ । पार्टीलाई हेरौं र त्यसपछि मात्र आफूलाई हेरौं ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया