रिटेल पेमेन्ट स्वीचबाट आर्थिक वर्ष २०८०/८१ मा ५७ खर्बको कारोबार

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत रु.५७ खर्बको कारोबार भएको छ । पछिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः ४९% र ३८% ले वृद्धि भएको हो ।
हाल सबै कारोबारहरू विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरू रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरू RPS मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको छ ।
यस अन्तर्गत बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवा प्रदायकहरूका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरू तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरू प्रोसेस तथा क्लियरिङ्गबाट हुने व्यवस्था रहेको छ ।
उक्त निकायहरूलाई RPS मा नेशनल पेमेन्ट इन्टरफेस मार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट,भुक्तानी,नेपाल सरकारको विभिन्न कारोबारहरू जुनै च्यानलबाट गरिए पनि अन्तिममा प्रोसेस हुने गरेको छ ।
एनसी एचएलका सञ्चालनमा रहेका च्यानल प्लेयाट्फर्महरू जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस,संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरू समेत RPS बाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसी एचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चालन गर्दै आएको छ ।
रिटेल भुक्तानीका विभिन्न उपकरणहरू जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेटबीच ट्रान्स्फर, सरकारी कारोबार, सेवा बापतको भुक्तानी, मोबाइल नम्बरको आधारमा ट्रान्स्फर, भुक्तानी, नेटवर्कबीच अन्तर आबद्धता,ई–कमर्शको लागि पेमेन्ट गेटवेलगायतका भुक्तानी उपकरणहरूमा उपलब्ध रहेका छन् ।
सोही माध्यमबाट क्रस बोर्डर भुक्तानीहरू समेत गर्न सकिने गरी प्रणालीको विकास भई केही देशहरूमा कारोबार सञ्चालनमा आउने चरणमा रहेको छ । RPS मा हाल ५२ बैंक/वित्तीय संस्थाहरू, २२ भुक्तानी सेवा प्रदायकहरू, २ भुक्तानी प्रणाली सञ्चालकहरू, १०० भन्दा बढि अन्य संस्थाहरू र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन् ।
नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तर आबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन अन्तर्गत नेशनल कार्ड स्वीचको जडान कार्य समेत हुँदै गरेको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया