लक्ष्यभन्दा कम राजस्व संकलन

गोलबजार (सिरहा)- आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो । तर कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु एक करोड ९७ लाख ९३ हजार, ब्याजबापत रु एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत रु ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु सात लाख ९० हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए ।
कार्यालयले आव २०७९/८० मा रु एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयको रु दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व सङ्कलन गरिएको थियो ।
उनले भने, “देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।”
गत आवमा मूल्य अभिवृद्धिकरबापत रु ४२ करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने आव २०८०/८१ मा रु ३८ करोड ७१ लाख ९० हजार सङ्कलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए । रासस

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

सप्तरीमा सर्पदंशबाट राईको मृत्यु

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

प्रतिक्रिया