भारतको केएल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्तिसहितको अध्ययन अवसर दिने

काठमाडौँ- दक्षिण भारतको ख्याति प्राप्त केएल युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्तिसहितको अध्ययन अवसर दिने बताएको छ । इनफरम्याटिक्स कन्सल्टेन्सीको समन्वयमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर केएल युनिभर्सिटीका प्रतिनिधिहरूले सो बताएका हुन् ।
उक्त युनिभर्सिटीका प्रतिनिधिहरूले शैक्षिक उत्कृष्टता र विश्वव्यापी सहकार्यमा संस्थाको समर्पणलाई जोड दिँदै नेपाली विद्यार्थीहरूको लागि अवसर सिर्जना गरिएको बताए ।
इनफरम्याटिक्स कन्सल्टेन्सीका सीईओ ज्ञानेन्द्र मान जोशीले नेपाली विद्यार्थीका लागि केएल युनिभर्सिटीले एउटा सुनौलो अवसर लिएर आएको बताए । उनले विद्यार्थीहरूको उज्वल भविष्य निर्माणको लागि उक्त युनिभर्सिटी एउटा उपयुक्त गन्तव्य बन्न सक्ने जानकारी दिए ।
यस्तै युनिभर्सिटीका एड्मिसन डाइरेक्टर डा. जे श्रीनिवास रावले युनिभर्सिटीको पछिल्ला उपलब्धि, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध रहेका अवसरहरूको जानकारी दिए । उनले विद्यार्थीहरूलाई भौतिक र अनलाईन दुवै माध्यमबाट अध्ययन गर्न सक्ने व्यवस्था गरिएको बताए । अहिलेसम्म थुप्रै नेपाली विद्यार्थीले केएलबाट अन्तराष्ट्रिय स्तरको डिग्री हासिल गरिसकेको रावले बताए ।
यस्तै युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध र मेडिकल हेल्थ साइन्सेज (IR&MHS) का डीन डा. किशोर बाबू एमले अन्तर्राष्ट्रिय शिक्षा प्रति विश्वविद्यालयको दृष्टिकोण, शैक्षिक कार्यक्रमहरूको विस्तार, र केएललाई उच्च शिक्षाका लागि छनोट गर्ने विद्यार्थीहरूले प्राप्त गर्ने फाइदाहरूको बारेमा व्याख्या गरे । उनले दुई अलग देश भए पनि भारतीय र नेपाली विद्यार्थीलाई समान शुल्क निर्धारण गरिएको जानकारी दिए ।
यसैगरी केएल युनिभर्सिटीका नेपाल कन्ट्री हेड शिव न्यौपाने दक्षिण भारतमा पहिलो नम्बरमा रहेको केएल युनिभर्सिटी भारतको शैक्षिक क्षेत्रमा २८औं स्थानमा रहेको बताए । हैदरावाद र विजयवडा रहेको युनिभर्सिटीमा सन् २००५ देखी नै नेपाली विद्यार्थी जाने गरेको र अहिलेसम्म ५ सयभन्दा बढी नेपाली विद्यार्थी पासआउट भइसकेको न्यौपानेको भनाई छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको लागि केएलले ख्याति कमाएको बताउँदै उनले ४ ५ लाख रुपैयाँमा इन्जिनियरिङको प्याकेज पढ्न पाइने बताए ।
यस्तै पत्रकार सम्मेलनको समापन गर्दै प्रोफेसर डा. शंमुक कुमारले छात्रवृत्ति कार्यक्रमहरूको माध्यमबाट विश्वविद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा जोड दिए । पहिलेदेखि नै नेपाली विद्यार्थीको रोजाइमा केएल युनिभर्सिटी परेको भन्दै उनले भोलिका दिनमा पनि त्यसलाई कायमै राखेर अझ बढी विद्यार्थी मैत्री सेवा प्रवाह गर्ने बताए ।
सन् १९८० इन्जिनियरिङ अध्ययनका लागि केएल युनिभर्सिटीको स्थापना गरिएको बताइन्छ । हाल यसले इन्जिनियरिङका साथै व्यवस्थापन, कानुन, कला, विज्ञान, र प्रविधि लगायतका कोर्षहरू सञ्चालन गर्दछ, जसले बहुसांस्कृतिक वातावरण सृजना गर्दै विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गरेको बताइएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

प्रतिक्रिया