नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौँमा दुई मैत्रीपूर्ण खेल हुने
काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौँमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो । नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ ।
मैत्रीपूर्ण खेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए । उनले नेपालको राष्ट्रिय भलिबल टिमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे ।
त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए ।
त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरूले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया