एनसीएचएल र आइएमएस सफ्टवेयर बीच 'नेपाल पे क्युआर' इन्टिग्रेटका लागि सम्झौता

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लि.(एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रा.लि.बीच आइएमएसको बिलिङ्ग सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे
यस साझेदारीपछि आइएमएसका ग्राहकहरुले आफ्नो बिलिङ्ग सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन् ।
यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ्ग सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआरमार्फत सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्नेछन् ।
आइएमएस सफ्टवेयर प्रा. लि. नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । यसले आफ्ना ग्राहकहरुका लागि बिलिङ्ग सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ ।
आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशहरुमा २०,००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
यस्तै, नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

प्रतिक्रिया