मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

अरु विपक्षी दलहरुलाई पनि एकीकृत गर्दै जनताको आवाजहरूलाई उजागर गर्न सहि तरिकाले नेतृत्व गर्ने निर्णय भएको उनले बताए । 

बैठकमा माओवादीका सांसदहरूले जनसरोकारका बिषयहरुलाई सदनमा सशक्त रुपमा उठाउनुपर्ने धारणा राखेका थिए ।