प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको छु : वर्षमान पुन

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा पुनले नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका हुन् ।
उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने आशंका व्यक्त गर्दै नेता र राजनीतिक दलले देश चलाउनुपर्नेमा जोड दिए ।
आफू र आफूभन्दा अघिको अर्थमन्त्रीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न खोज्दा बिचौलिया हावी भएको भन्दै अबको अर्थमन्त्रीको कदमलाई नियाल्ने उनले बताए । उनले अहिले संविधान संशोधनको विषय खराब मौसममा बदनियतपूर्ण रूपमा आएको आशंका पैदा भएको धारणा राखे । उनले साना दल र समानुपातिक निर्वाचन प्रणालीका कारण मुलुकको विकास हुन नसकेको तर्क सही नभएको भन्दै पश्चगमनका लागि कथित स्थिरताको कुरा गरिएको बताए ।
उनले बजेटले सम्बोधन नगरेको कुरामा भाषण गरेर जनतालाई झुक्याउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

प्रतिक्रिया