प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।
उनले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ र तटस्थमा १ मत खसेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा २६३ जना उपस्थित थिए ।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।
ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ४ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष छैनः सभापति खतिवडा

प्रतिक्रिया