बिपी कोइराला क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

चितवन - बिपी कोइराला मेमोरियल क्यान्सर अस्पता लभरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार घुससहित पक्राउ गरेको हो ।
आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए ।
कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया