निखिललाई कर्ण शाक्यको फिल्म निर्देशन गर्ने अफर

लकडाउन भर निखिल उप्रेतीले अध्यात्मको ज्ञान बाँड्दै हिँडे । टेलिभिजन अन्तर्वार्ताहरूमा निकै नै व्यस्त रहेका उनको कुरा गराइले मात्र होइन, लवाइले पनि आध्यात्मको लाइन समातेको भान हुन्थ्यो । अन्ततः अध्यात्मले उनलाई फिल्ममा पनि अवसर दिलाएको छ । होटल व्यवसायी कर्ण शाक्यले बनाउन लागेको नयाँ फिल्म ‘महाजनको माली’ निर्देशनका लागि निखिललाई प्रस्ताव गरेका छन् ।
होटल व्यवसायी तथा समाजसेवी कर्ण शाक्यले फेसबुकमा आफूले फिल्म लेखिरहेको जानकारी गराउँदै निर्देशनका लागि निखिललाई अफर गरेको उल्लेख गरेका छन् । कर्ण शाक्य निकट प्रडक्सन म्यानेजर सुभाष काफ्लेले पनि निर्देशनका लागि निखिललाई प्रस्ताव गरेको पुष्टि गरेका छन् । तर, निखिलले भने आफूभन्दा अध्यात्म बुझ्ने कोही भए अरुलाईनै निर्देशनको अभिभारा दिन आग्रह गरेको काफ्लले बताए ।
‘एकदुई चरण कुरा भएर मौखिक सहमति भएको छ । सकभर अरु खोज्नु भएन भने म छँदैछु भन्ने कुरा निखिल सरको छ,’ काफ्लेले इकागजसँग भने । फिल्ममा निखिलले अभिनय भने गर्ने छैनन् । काफ्लले शाक्य फिल्ममा थिएटरका कलाकार लिने सोचमा रहेको बताए । ‘निखिल सरले गर्नु भयो भने केमियो गर्नुहुन्छ होला,’ उनले भने । कर्ण शाक्यले पैसाविना केही हुन्न भन्ने मनोविज्ञानले युवादेखि बृद्धसम्म छटपटिरहेको देखेपछि गरिब मालीको आँखाबाट सन्ुतुष्टि र सुखको तुलनात्मक तस्बिर पेस गर्ने बताएका छन् ।
कर्ण शाक्यले यसअघि ‘पल’ शीर्षकमा सिनेमा निर्माण गरेका थिए । पलभरको उत्तेजनाले मानिसको जिन्दगीमा आउने उथलपुथलको कथा समेटिएको फिल्मलाई रमेश बुढाथोकीले निर्देशन गरेका थिए । राजबल्लभ कोइराला र निशा अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा पहिलो भागको कथालाई नै दुरुस्त उल्टाएर देखाइएको थियो ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया