अफ्रिकामा १५ लाख शिक्षकको कमी
काठमाडौँ - अफ्रिकामा १५ लाख शिक्षकको अभाव रहेको विषयमा अफ्रिकी संघ (एयू) का वरिष्ठ अधिकारी मोहम्मद बेल्होसिनले चेतावनी दिएका छन्। घानाको राजधानी अक्रामा एयूको ४५औं साधारण सत्रका क्रममा पत्रकार सम्मेलनमा बोल्दै, बेल्होसिनले यो कमीले महादेशको शिक्षा र विकासको आकांक्षामा नकारात्मक प्रभाव पारिरहेको बताए।
बेल्होसिनले अफ्रिकामा शिक्षामा लगानी गरिएको भएपनि प्रभावकारी परिणाम प्राप्त गर्न सकिएको छैन भन्ने कुरा साझा गरे। उनले २०३० सम्म संयुक्त राष्ट्रसंघले तय गरेको शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि महादेशलाई विश्वव्यापी सहयोगको आवश्यकता रहेको बताउँदै अफ्रिकालाई करिब ९० अर्ब अमेरिकी डलरको लगानी आवश्यक भएको जानकारी दिए।
उनले शिक्षण पेशामा दक्ष व्यक्तिहरूलाई आकर्षित गर्न र शिक्षा प्रणालीलाई पुनः ब्राण्डिङ गर्नुपर्नेमा जोड दिएका छन्। यसलाई सम्बोधन गर्न उनले विश्वव्यापी सहयोगको आह्वान गर्दै अफ्रिकामा शिक्षा प्रणाली सुधारका लागि एकजुट भएर काम गर्न आग्रह गरेका छन्।
विश्वका अन्य भागहरूमा जनसंख्या वृद्धिमा कमी आएकोले आगामी २० वर्षमा अफ्रिकी युवाहरूमा निर्भर रहनुपर्ने संभावना रहेको छ । जसले गर्दा अफ्रिकामा शिक्षाको विकासलाई प्राथमिकता दिन महत्वपूर्ण रहेको बेल्होसिनले बताए।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया