आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपर्छ भन्‍नेमा सरकार स्पष्ट छ : प्रम ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रूपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफूलाई अनावश्यक रूपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गरे । उनले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभावी नबोल्न चेतावनी दिए । उनले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छ रुपमा बिताउने जिकिर गरे । कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्न समेत उनले चेतावनी दिए । ओलीले सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लागि आएको जिकिर गरे ।

प्रधानमन्त्रीले धारणा राखिरहँदा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको विषयमा बोलेको भन्दै नियमापत्ति गरे । त्यसपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गरे । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित रहेको जिकिर गरे ।

आफूले कसैलाई गालीगलौज नगरेको र सचेत मात्रै गराइएको उनले बताए । 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…