अधुरा योजना यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अधुरा र अलपत्र योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तत्पर रहेको बताएका छन् । वर्तमान सरकारले यस्ता योजनालाई प्राथमिकता दिने उनले उल्लेख गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्वका अन्य आयोजनामा बजेट अभाव नहुने व्यवस्था मिलाइने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, 'समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजना, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजना र पालिका केन्द्रित योजनाको सुरुआत गरेको थियो ।' हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काको कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख गर्दै उनले ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइने सदनलाई जानकारी गराए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया