न्युरोडमा मङ्सिर २ सम्म महानगरको डोजर नचल्ने

काठमाडौँ- न्युरोडमा काठमाडौँ महानगरपालिकाले मङ्सिर २ गतेसम्म डोजर नचलाउने भएको छ ।
सोमबार महानगरपालिकामा भएको छलफलमा मङ्सिर २ गतेसम्म डोजर नचलाउने गरी सहमति भएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
छलफलमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, वडा १७ का अध्यक्ष नवीन मानन्धर र वडा २२ का अध्यक्ष चिनकाजी महर्जन सहभागी भएका थिए ।
‘आजको छलफलमा एउटा समिति बनाएर जाने छलफल भएको छ । समितिले दिएको प्रतिवेदनको आधारमा थप अगाडि बढाउने छौं,’ उनले भने, ‘प्रतिवेदनले भने अनुसार काम हुन्छ ।‘
फुटपाथ बनाएको ठाउँमा भने काम अगाडि बढ्ने मानन्धरले बताए । उनका अनुसार वडा २४ मा फुटपाथ बढाइएको छ । बाँकी फुटपाथ निर्माण नभएको ठाउँमा मात्र पछि प्रतिवेदनले भने अनुसार काम हुने उनको भनाइ छ ।
पाटन उच्च अदालत पाटनले आइतबार आदेश जारी गरेपछि काठमाडौँ महानगरले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो । फुटपाथको विस्तार भएपछि स्थानीयवासी र काठमाडौँ महानगरपालिका वडा २२ का अध्यक्ष चिनकाजी महर्जनले सडकमा आएर विरोध गरेका थिए ।
यो पनि,
फुटपाथ विस्तार गर्ने 'डोजर' सँग डराएको न्युरोड

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

बाल्यकालमै बिहेः जीवनभर पीडा

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

प्रतिक्रिया