प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

काठमाडाैँ- राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए ।
मन्त्री पाण्डेले अभिलेखहरूको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन १५ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया