कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले उदयपुरको गाईघाटबाट भारतीय सिमानासम्मको सडक निर्माणको सन्दर्भमा पूर्वतयारीका काम सम्पन्न भई गत आर्थिक वर्ष २०८०/८१ मा स्रोत सहमति माग भएकामा आर्थिक अभावका कारण अगाडि बढाउन नसकिएकाले चालु आर्थिक वर्षमा उक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।
नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाइभर्सन अध्ययनको चरणमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइने उल्लेख गरे ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया