विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

काठमाडौँ- विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभाबाट पारित भई आएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधायनसम्बन्धी विधेयक २०८० लाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको जानकारी गराए । उनले उक्त विधेयकमाथि संशोधन हाल्न चाहने ७२ घण्टाभित्र पेस गर्न आग्रह गरे ।
मन्त्री चौरसियाले राष्ट्रियसभाबाट उत्पत्ति भएर विधायन समितिमा व्यापक छलफल भएपश्चात् प्रतिनिधिसभामा विधेयक प्राप्त भएको र विधेयकमा विषयविज्ञहरूसँग परामर्श गरेर मात्र विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
उक्त विधेयकमाथि सांसदहरू विराजभक्त श्रेष्ठ, रघुजी पन्त, सन्तोष परियार, हितराज पाण्डे, मनिष झा, योगेशकुमार भट्टराई, शिशिर खनाल, अशोककुमार चौधरी, ध्रुवबहादुर प्रधान, नागिना यादव, जुलीकुमारी महतो महाशेठ, माधव सापकोटा, प्रतिमा गौतम, प्रेम सुवाल, सुमना श्रेष्ठ र रामकृष्ण यादवले भाग लिएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते मङ्गलबार १ बजे बस्नेछ ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया