बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।