सातौँ पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमण

काठमाडौँ - भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ कीर्तिमान बनाएकी छन् ।
आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन् । यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।
यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौं बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।
बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए । उनले यो अमृतकालको महत्वपूर्ण बजेट भएको बताए । यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया