पूर्वमन्त्रीले पाँच हजार घुस दिएकाे विषय गम्भीर हाे, छानबिन गर्न भनिसकेकाे छु : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय परीक्षा बोर्डमा छोराको शैक्षिक प्रमाणपत्रको समकक्षता (इक्युभ्यालेन्ट) लिनका लागि ५ हजार घुस दिएको प्रकरणबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सांसदहरूले साेधेका प्रश्नकाे जवाफ दिने क्रममा गृहमन्त्री लेखकले पाँच हजार घुस दिएकाे प्रकरणको तत्काल छानबिन गर्न निर्देशन दिइसकेको र याे विषयलाई सरकारले गम्भीरता पूर्वक लिएकाे बताए ।
बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले ५ हजार घुसको प्रकरण के हो भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।
‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनका लागि सहयोग गर्न पनि आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नका लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरता पूर्वक लिएको छ,’ लेखकले जवाफ दिँदै भने ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया