राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
प्रेस युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको संविधान संशोधन प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अब कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।
समावेशी समानुपातिकलाई आघात नपुग्ने गरी निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुईमत नरहेको कोइरालाको भनाइ छ ।
उनले अहिले दुई ठूला दल मिल्दा निरंकुशता जन्मने डर पनि रहेकाले सञ्चार माध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खबरदारी गर्नुपर्ने बताए ।
कोइरालाले आफूहरू सत्तामा रहे पनि सरकारको गलत कामलाई गलत र सही कामलाई सही भन्ने स्पष्ट पारे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया