फुटपाथ विस्तार नभए न्युरोड 'एकादेशको कथा'

काठमाडौँ- केही दिनदेखि अशान्त बनेको न्युरोड हिजोबाट भने पुरानो लयमा फर्केको छ । काठमाडौँ महानगरपालिकाले वडा-२२ र २४ को फुटपाथ बिस्तार गरेपछि न्युरोडका स्थानीय र जनप्रतिनिधि विरोध स्वरूप सडकमा उत्रिएका थिए ।
पहिलोपटक महानगरले न्युरोडमा फुटपाथ बढाउन थालेपछि सडक विभाग र महानगरपालिकाको विवाद सतहमा आएको थियो । अझ विभागले महानगरपालिकाले पारेको खाल्डोलाई पुरिदिएको थियो । विभागविरुद्ध महानगरपालिका पाटन उच्च अदालत पुग्यो ।
पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकालाई न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न आदेश दियो । अदालतले आदेश जारी गरेपछि महानगरलाई फुटपाथ विस्तार गर्न बाटो खुल्यो ।
केही दिनअघि महानगरले वडा नम्बर २४ बाट फुटपाथ विस्तार गर्न थाल्यो । लगत्तै २२ मा छिर्न खोज्दा स्थानीय, व्यवसायी र जनप्रतिनिधिले अवरोध खडा गरे । नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको बाक्लो उपस्थिति रह्यो ।
सोही क्रममा नगर प्रहरीको घेरामा रहेर पनि डोजरले केही समय काम गर्यो । तर त्यसले लामो समयसम्म काम गर्न सकेन । वडा २२ का जनप्रतिनिधिले सडकमा बसेर वडाको काम गरेका थिए ।
स्थानीयबासी र जनप्रतिनिधि न्युरोडमा फुटपाथ बढाउन हुँदैन भन्ने पक्षमा र महानगर फुटपाथ बढाउने अडानमा थियो ।
स्थानीयले न्युरोड सभ्यता रहेको र फुटपाथ बढाउनु पर्ने औचित्य पुष्टि गर्न महानगरलाई आग्रह गरेका थिए । सोमबार महानगर र वडा २२,२३ र २४ को जनप्रतिनिधि बसेर एउटा सहमति गरे ।
उनीहरूले सहमति गरेपछि न्युरोडमा मङ्सिर २ गतेसम्म डोजर नचल्ने भएको छ । महानगर र जनप्रतिनिधिबीच फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने ।
वडा नम्बर २२ र २३ मा निर्माणको चरणमा रहेको फुटपाथ विस्तारले पार्ने सम्भाव्य प्रभावबारे अध्ययन गर्ने । महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा अध्ययन समिति बनाउने सहमति भएको हो ।
काठमाडौँ महानगर र जनप्रतिनिधिबीच सहमति भएपछि सामाजिक सञ्जाल तथा सार्वजनिक रुपमा महानगर न्युरोडमा फुटपाथ विस्तार गर्ने कामबाट पछि हटेकै हो भनेर चर्चा हुन थालेको छ । केही मानिसले भने न्युरोडमा फुटपाथ विस्तार अनिवार्य रहेको भन्दै धारणा राख्न थालेका छन् ।
उकालो मिडियाका सम्पादक सुजित महतले सामाजिक सञ्जाल एक्समा वडा नम्बर २२ न्युरोडमा फुटपाथ फराकिलो नभएसम्म सामान किन्न नजाऔँ भनेर पोष्ट सार्वजनिक गरेका छन् । यसलाई उनले नागरिक अवज्ञा गरौँ भनेर अनुरोध गरेका छन् ।
त्यसैगरी, डा. रामेश कोइरालाले एक्समा जताततै पायकमा सपिङ मलहरू खुलिसकेकाले अब तोरी, टिभी, भोटा वा सिलाई मिसिन किन्न समय र पार्किङको झण्झटले मानिस न्युरोड जान नरुचाउने लेखेका छन् ।
उनले भनेका छन्,’ मोबाइल मर्मतको साखले धानेको न्युरोडले अब 'स्ट्रोलिङ' ग्राहकलाई आकर्षित नगरे एकादेशको कथा हुनेछ । फुटपाथको विरोध हैन, सवारी निषेध नै गरेर मोमो बेच के ।‘
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगर र न्युरोड क्षेत्रका जनप्रतनिधिसँग प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने सहमति भएको बताए । आज बिहान मात्र जनप्रतिनिधि र स्थानीयलाई राखेर सहमतिको विषय पढेर सुनाएको उनको भनाइ छ ।
‘नयाँ बनेको फुटपाथ नजिक गएर अध्ययन गर्न स्थानीयलाई सुझाएका छौ,’ प्रवक्ता मानन्धरले भने,’ त्यहाँको व्यापार र सामाजिक जीवनमा कस्तो प्रभाव पर्छ त्यहीँ अनुसार अध्ययन गरी कार्यान्वयनमा ल्याउनेछौ । प्रतिवेदन बनाउन पनि सजिलो हुन्छ ।'
अहिले गरिएको अध्ययनले मङ्सिर २ गतेपछि काम अगाडि बढाउन सजिलो हुने उनले धारणा राखे । प्रतिवेदनले फुटपाथ बढाउन भनेमा महानगरले न्युरोडमा पुनः फुटपाथ विस्तार गर्ने उनले बताए ।
यो पनि
फुटपाथ विस्तार गर्ने 'डोजर' सँग डराएको न्युरोड

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

प्रतिक्रिया