लुम्बिनीमा मुख्यमन्त्री आचार्यसँगै ८ मन्त्रीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री बनेका छन् ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन् भने कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् ।
कांग्रेसले प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिना मन्त्री बन्ने बताइएको भएपनि विवाद भएपछि अन्तिम समयमा नाम काटिएको बताइएको छ ।
लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएका छन् । खाली खिएका २ मन्त्रालय उनीहरूलाई छुट्टयाइएको बताइएको छ ।
८७ सदस्यीय प्रदेश सभामा १० सांसद रहेको माओवादी केन्द्र तथा एक एक सांसद रहेका एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र मात्र विपक्षमा रहने देखिएको छ ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_L3dDp9sQYX_zjfigvlgbmnx61viw2tk9aajopzhob2xabdr0chpxgl3bqnrbhqqyzeikqti.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया