यामी कार्तिकको जोडी

मुम्बई : केही दिनअघि कार्तिक आर्यनको जन्मदिन पारेर निर्माण टिमले उनको नयाँ फिल्म ‘धमाका’को फस्टलुक सार्वजनिक गरेको थियो । राम माधवनीले निर्देशन गर्न लागेको सिनेमामा कार्तिक आर्यनबाहेक बाँकी कलाकारको बारेमा केही पनि सूचना बाहिरिएको थिएन । तर, फिल्मका बाँकी कलाकार भन्दा पनि कार्तिक आर्यनले कोसँग रोमान्स गर्लान् ? धेरैलाई कौतुहलता थियो । अन्ततः यो कौतुहलताको बिट मारिएको छ । ताजा खबरअनुसार फिल्ममा कार्तिकसँग रोमान्स गर्ने अवसर यामी गौतमले पाएकी छिन् ।
भारतीय अनलाइन कोइमोईले स्रोतको हवाला दिँदै फिल्मका लागि निर्माता÷निर्देशकले यामी गौतमलाई फाइनल गरेको र दुवैले फिल्मको सुटिङका लागि तयारी थालेको पनि जनाएको छ । कार्तिक र यामी पहिलोपल्ट सँगै पर्दामा देखिन लागेका हुन् । यामीको पछिल्लो रिलिज ‘बाला’ हो भने कार्तिक ‘लभ आजकल’मा पछिल्लो पटक देखिएका थिए ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया