स्वास्थ्य मन्त्री तामाङको दाबी : 'खोप आउने सुनिश्चित, गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल सुरु'
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले १९ दिने उपलब्धी सार्वजनिक गरेका छन् । सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशले पदमुक्त गरेपछि उनले १९ दिनमा ४ वटा उपलब्धी हासिल गरेको दाबी गरेका छन् । कोभिड नियन्त्रणमा इमान्दार प्रयत्न गरेको र खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको दाबी गरेका छन् । त्यस्तै गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु गरेको समेत उनको भनाइ छ ।
यस्ता छन् तामाङका १९ दिने उपलब्धी
१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया