उपप्रधानमन्त्री सिंहले निर्देशन - बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याऔँ

काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।
आज उनले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिए । 'ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौँ । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो', उपप्रधानमन्त्री सिंहले भने ।
गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिँदै उनले बागमतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 'बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ', उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।
बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राखे ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया