सी-चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु विमान दुर्घटनाको छानबिन समितिमा

काठमाडौँ - सी-चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु ज्वारचनलाई सरकारले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन गर्ने समितिमा राखेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा उनलाई पनि राखेको हो ।
गत असार ११ गते वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)मा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीका कारण नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना निलम्बनमा परेका थिए ।
सी–चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पुर्याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका अध्यक्ष अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको थियो ।
यद्यपि ग्राउन्ड क्लास लिने सर्तमा ज्वाचनमाथिको कारबाही फुकुवा भइसकेको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया