'सरकारी कार्यालय साँझ पाँच बजे बन्द हुन्छन्, मध्यराति निर्णय गर्नुपर्ने जरुरी के थियो ?'

काठमाडौँ : अधिवक्ता गोविन्द बन्दीले संविधानको सबै धाराबाट केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिएको दाबी गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासको आजको बहसमा भाग लिँदै उनले संसद्को विश्वास गुमाइसकेको व्यक्ति फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरे ।
'मध्यराति निर्णय गर्नुपर्ने जरुरी के थियो ? सरकारी कार्यालय साझ ५ बजे बन्द हुन्छ । राष्ट्रपति कार्यालयले यस्तो महत्त्वपूर्ण विषयमा मध्यराति निर्णय गर्नुपर्थ्यो ?,' उनले भने, 'हामीलाई प्रतिवाद गर्ने मौका समेत दिइएन । संविधानको सबै धाराबाट केपी ओली प्रधानमन्त्री बन्नुपर्छ भन्ने नियतका साथ निर्णय गरेको देखिन्छ । संसद्को विश्वास गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ कि मिल्दैन ?'
उनले सविधानमा दलको पत्र चाहिन कतै नभनिएको जिकिर गरे । 'संविधानको धारा ७६(५) डिपार्चर छ श्रीमान । गर्नसक्नेछ होइन गर्नेछ भनिएको छ, उनले भने, 'मनमोहन अधिकारीको मुद्दामा पनि यसमा स्पष्ट गरिएको छ । प्रेसिडेन्टले गर्नैपर्ने व्यवस्था हो । कुनै संविधानमा दलको समर्थनको पत्र चाहिन्छ भन्या छ ? अरु धारामा भन्या होला । यो धारामा भन्या छैन । लिखित संविधान भएको मुलुकमा संविधानले मै सबै तय गरिएको हुन्छ । शासकलाई संविधानमाथी राखिन्न ।'

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया