यामाहा नेपालले ल्यायो ‘ब्लु स्ट्रिक्स’

काठमाडौँ- यही साउन १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लू स्ट्रिक्स' एक रोमाञ्चक र नवीन कार्यक्रम भएको यामाहाले जनाएको छ । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने यामाहाको भनाइ छ ।
यामाहाले भनेको छ, 'यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।'
'ब्लु स्ट्रिक्स' कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्ने छन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरी 'ब्लु स्ट्रिक्स' ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य यामाहाले राखेको छ ।
'ब्लु स्ट्रिक्स' को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,' एमएडब्लु राइडर्सको सि. एम. व.पुनम सिंहले भने, 'हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।'

नाइमा आटो शोम लक्ष्मी ई–मोबिलिटीद्वारा ‘फोर्थिङ ईभी’ सार्वजनिक हुँदै

रिडारा आरडीसिक्स अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा आकर्षक सुविधासहित बजार…

नाइमा अटो शोमा याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक हुँदै, तीन मोडेल एकैसाथ…

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो …

ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइडः सौराहा एडिसन’

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

प्रतिक्रिया