इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

जेरुसेलम- इजरायली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।
सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।
गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।
डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।
दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।
किबुत्ज निर ओजले भने, 'हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।' उहाँले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए ।
पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए । 'आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।' (एएफपी)

गाजामा भएको इजरायली आक्रणमा १० जनाको मृत्यु

ट्रम्प र पुटिनबीच १५ अगस्टमा अलास्कामा भेटवार्ता हुने

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए 'गोल्डेन ग्लास' उपहार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्त्येष्टीको अझै भएन टुंगो

प्रतिक्रिया